News

लालबाबु पण्डितले अर्थमन्त्रीको यसरी मजाक उडाए

एक घण्टामा काठमाण्डौंबाट चीतवन हेलिकप्टरमा झुण्डिएर जाने ?

लालबाबु पण्डितले अर्थमन्त्रीको यसरी मजाक उडाए

नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री लालबाबु पण्डितले संसदमै अर्थमन्त्री जनार्दन शर्माको मजाक उडाएका छन् । 

काठमाडौंदेखि चितवनसम्ममको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग निर्माण गर्ने भन्दै वजेट ल्याएको विषयमा पण्डितले शर्मालाई ब्यंग्य गरे। उनले मन्त्री शर्मालाई ‘काठमाडौंबाट चितवन एक घण्टामा हेलिकप्टरमा झुन्डिएर जाने हो ?’ भन्दै प्रश्न गरे।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै पूर्वमन्त्री समेत रहेका पण्डितले भने, ‘योजना त आयो अर्थमन्त्रीज्यू, एक घण्टामा काठमाडौंबाट चितवन हेलिकप्टरमा झुन्डिएर जानुहुन्छ ? के योजना हो ? कति पैसा छुट्ट्याएको छ ? यस्तो हावादारी  हिसाबले प्रस्तुत भएर यही नै ठीक हो भन्ने हो भने कसरी समर्थन गर्ने?’

अर्थमन्त्री शर्माले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७९÷०८० को वजेट तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने बताएका थिए ।

‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग नीजि क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपाल मार्फत प्रक्रिया अघि बढाइने छ,’ मन्त्री शर्माले भनेका थिए । 

यसबाट काठमाडौंदेखि बुटबल र काठमाडौंदेखि पोखरासम्मको यात्रा उल्लेख्य रुपमा छोटिने उनको भनाई थिए । 
 

विशेष