News

छोरी जिताएपछि कांग्रेसलाई प्रचण्डको धम्कीः एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्

छोरी जिताएपछि कांग्रेसलाई प्रचण्डको धम्कीः एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र केपी शर्मा ओलीलाई ठेगान लगाएको भन्दै दम्भ देखाए कांग्रेसलाई पनि एमालेकै हाल बनाई दिने चेतावनी दिएका छन् । 

गठवन्धन बनाएर स्थानीय चुनाव लडेको माओवादी र कांग्रेसके बलमा भरतपुरमा छोरी रेणु दाहाललाई मेयर बनाएरका उनले चुनाव परिणाम आउनासाथ कांग्रेसलाई यस्तो धम्की दिएका हुन।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको बताए। स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहंकार बढ्न सक्ने भन्दै उने त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिए। 

‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार ग¥यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,’ दाहालले भने,’कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’

दाहालले यस अघि आफनो कारण एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटक प्रधानमन्त्री भएको दावी गर्दै अव फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका थिए। जेठ १४ गते प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले ओलीलाई चुनौती दिंदै भनेका थिए ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’

राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताएका थिए ।
 

विशेष