News

हाइटेन्सन प्रसारण लाइनको नाङ्गो तारमा झुण्डिदा पनि ‘माइला’ सुरक्षित !

हाइटेन्सन प्रसारण लाइनको नाङ्गो तारमा झुण्डिदा पनि ‘माइला’ सुरक्षित !

मानसिक सन्तुलन गुमाएका माइला भनिने ४४ वर्षिय प्रेमबहादुर विक नुवाकोटको ककनी गाउँपालिका ७ स्थित विद्युत् हाइटेन्सन प्रसारण लाइनमा चढेर तारमा झुण्डिएका छन् । उनलाई त्यहाँबाट झार्न अनेक प्रयास गर्दा पनि सफलता मिलेको छैन।

बेलकोटगढी नगरपालिका– १३ घलेगाउँका ४४ वर्षीय माइला बिक विहान १० वजेदेखि त्यहाँ रहेको जनाईएको छ। हाइटेन्सन प्रसारण लाइनको नाङ्गो तारमा समाएर तलमाथि गरिरहँदा समेत उनलाई कसरी करेन्ट लागेन भनेर अहिले चर्चा सुरु भएको छ।

ककनी गाउँपालिकाकी उपाध्यक्ष मिठुमाया तामाङका अनुसार खासमा उनी खम्बाबाट नाङ्गो तारमा झुण्डिँदा लोडसेडिङ भएको रहेछ। त्यसपछि विजुली वन्द गर्न लगाईएको छ। उनलाई तारमा चढेको देखेपछि स्थानीयले ७ नम्बरका वडाध्यक्ष खवर गरेका थिए ।

त्यसपछि प्रहरी र जनप्रतिनिधिको टोली त्यहाँ पुगेको थियो। प्रहरी र स्थानीयवासीले उनलाई सुरक्षित रुपमा तल झार्न प्रयास गर्दा पनि नमानेको उनले वताए । उनी तारमा रहेकाले करिव ६ घण्टादेखि त्रिशुली थ्रीएबाट प्रशारित विद्युत सेवा अवरुद्ध भएको छ।

उनी तलको तारमा टेक्ने, माथिको तारमा समाउने गरेर यताउता सरिरहेका छन् । 
 

विशेष