News

भौतिक पूर्वाधार एम्बुलेन्सः एक इन्जिनियर र ४ मजदुर तयारी अवस्थामा

भौतिक पूर्वाधार एम्बुलेन्सः एक इन्जिनियर र ४ मजदुर तयारी अवस्थामा

काठमाडौं महानगरपालिकाले हाल सञ्चालनमा रहेकै गाडीलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ। नयाँ गाडी नकिन्ने र भएका गाडीलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने तयारी सुरु भएको महानगरपालिकाले जनाएको ।

बालेन्द्र साह मेयर निर्वाचित भएपछिको महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिकाभित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो। मेयर साहको प्रस्तावलाई कार्यपालिकालले पारित गरे सँगै प्रकृया अगाडि वढाईएको हो।

प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक इन्जिनियरसहित ४ जना मजदुर र निर्माण सामाग्री र कच्चा पदार्थ तयारी अवस्थामा राखिने जनाईएको छ।

महानगरले यसैलाई लक्षित गरी कल सेन्टर पनि सुरु गर्ने भएको छ। कल सेन्टरबाट आएका गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स परिचालित हुनेछन्। महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाहले कार्यपालिकाको पहिलो बैठकमा भौतिक पूर्वाधार एम्बुलेन्स, होटल–रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने तथा कल सेन्टर सुरु गर्नेलगायतका निर्णय गराएका थिए। 
 

विशेष