News

पत्ता लाग्यो प्लाष्टिक खाने किरा, प्लाष्टिक रिसाईकल गर्न सम्भव छ किरा खेती ?

पत्ता लाग्यो प्लाष्टिक खाने किरा, प्लाष्टिक रिसाईकल गर्न सम्भव छ किरा खेती ?

अस्ट्रेलियाका वैज्ञानिकहरूले प्लास्टिक खाएर पचाउन सक्ने किरा फेला पारेका छन् । ‘सुपरवर्म’ को सङ्ज्ञा दिइएको जोफोबास मोरियो नामक एउटा खपटेकीराको लार्भा पोलिस्टाइरीन खाएर बाँच्न सक्ने वैज्ञानिकहरुले पत्ता लगाएका हुन।

उक्त लार्भाको पेटमा हुने विशेष प्रकारको एन्जाइम (पाचनरस) ले प्लास्टिक पचाउन सहयोग गर्छ।

यूनिभर्सिटी अफ क्वीन्सल्यान्डका अनुसन्धानकर्मीहरूले तीन समूहमा राखिएका सुपरवर्मलाई तीन सातासम्म छुट्टाछुट्टै आहारा दिएका थिए। पोलिस्टाइरीनको खाना दिइएका लार्भाको तौल बढेको उनीहरूले पत्ता लगाए। 

बैज्ञानिकहरुले सुपरवर्मको पेटमा पोलिस्टाइरीन र स्टाइरीन पनि गलाउन सक्ने धेरै एन्जाइम भएको पत्ता लगाएको बीबीसीले जनाएको छ। 

यो अनुसन्धानले प्लास्टिक रिसाइकल गर्ने कारखानाका रूपमा काम गर्न सक्नेगरी ती कीराको खेती गर्न नसकेपनि कीराको पेटमा जैविक रसको वारेमा अध्ययन गर्न मद्दत मिल्ने आशा गरिएको छ। त्यसबाट प्लास्टिक रिसाइक्लिङका लागि प्रयोग गर्न मिल्नेगरी ठूलो परिमाणमा ती जैविक रसको उत्पादन गर्न सकिने उनीहरुको विश्वास छ।

माइक्रोबिअल जीनोमिक्स नामक वैज्ञानिक जर्नलमा यसबारे एउटा शोधपत्र प्रकाशित भएको छ। यसअघिका अनुसन्धानले पनि केही प्रजातिका खपटेकीराका लार्भाले पोलिस्टाइरीन खाने देखाएको भएपनि यो अनुसन्धानले ‘एक कदम अगाडि’ रहेको अस्ट्रेलियन नेशनल यूनिभर्सिटीका अनुसन्धानकर्ता कोलिन ज्याक्सनले बताएका छन्।
 

प्लाष्टिक खाने किरा

विशेष