News

यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार छोडेर सांसदको चुनाव लड्दै वाग्ले

यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार छोडेर सांसदको चुनाव लड्दै वाग्ले

प्रतिनिधिसभाको निर्वाचन लड्न यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार डा. स्वर्णिम वाग्लेले राजिनामा दिएका छन् । उनी नेपाली कांग्रेसका तर्फबाट काठमाण्डौं वा चितवन १ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् ।

मंसिरभित्रै प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको तयारीपछि अर्थशास्त्री वाग्लेले पदबाट राजिनामा वुझाएर नेपाल फर्किने तयारीमा छन् । अमेरिकाको न्यूयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी गत असारमा नियुक्त भएका वाग्ले आगामी अगष्टमा नेपाल फर्किने जनाईएको छ।

स्थानीय तहको निर्वाचनमा पनि उनी करिव एक महिना नेपाल वसेर कांग्रेसको निर्वाचन तयारीलाई सहयोग गरेका थिए । कांग्रेस सभापति शेरवहादुर देउवाले पनि उनलाई ‘कहाँबाट चुनाव लड्ने हो, तयारी गर्नु’ भनिसकेको नेताहरु वताउँछन् ।

अमेरिका जानुअघि नै उनले सभापति देउवा र अन्य नेताहरुसँग सल्लाह गरेका थिए । नेताहरुकै सल्लाह अनुसार अमेरिका गएका उनी नेताहरुकै सल्लाह अनुसार नेपाल फर्किन लागेको जनाईएको छ।

उनले काठमाण्डौं ५ र चितवन १ मा उम्मेदवारी दिने तयारी गरेपनि वढि सम्भावना काठमाडौं ५ मै रहेको कांग्रेसका नेताहरु वताउँछन् । ०७४ सालको निर्वाचनमा काठमाण्डौं ५ बाट कांग्रेस नेता डा. प्रकाशशरण महत लडेका थिए । तर, महत एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पराजित भए।

महत यो पटक काठमाण्डौं छोडेर नुवाकोटबाट निर्वाचन लड्ने तयारीमा रहेकाले पनि वाग्लेको सम्भावना धेरै रहेको उनीहरुको भनाई छ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले वाग्लेलाई अमेरिकाबाट बोलाएर योजना आयोगको सदस्य बनाएका थिए । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पनि उनी योजना आयोगको सदस्य भएन। शेरबहादुर देउवा अघिल्लो पटक प्रधानमन्त्री बन्दा वाग्लेलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए । 

बूढानीलकण्ठ स्कुल हुँदै लण्डन स्कुल अफ इकोनोमिक्स, हावर्ड विश्वविद्यालयमा अध्ययन गरेका वाग्ने कांग्रेसको नीति निर्माण तथा दस्तावेज निर्माणमा सकृय हुँदै आएका छन् । 

स्वर्णिम वाग्ले

विशेष