८ घण्टापछि 'माईला'को उद्वार, प्राधिकरणलाई एक करोडको घाटा
![८ घण्टापछि 'माईला'को उद्वार, प्राधिकरणलाई एक करोडको घाटा](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/maila.jpg)
नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को हाइटेन्सन प्रसारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका–१२ का माइला भनिने प्रेमबहादुर विकको ८ घण्टापछि उद्धार गरिएको छ ।
नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर उद्वार गरेको हो। शनिबार विहान करिब १० बजे ककनी गाउँपालिका–७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका माईला दिनभर तारमै झुण्डिएर यताउता गरिरहेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासीले उनलाई ओराल्ने प्रयास गरेपनि नसकेपछि उद्वारका लागि नेपाली सेनालाई आग्रह गरिएको थियो। नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई साढे ६ बजेतिर भुइँमा झारिएको छ।
‘नेपाली सेनाको उद्धार टोलीले पोलमा चढेर उनलाइ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ। विकका कारण करिव ८ घण्टा नै त्रिशुली थ्री ए को उत्पादन वन्द भएको थियो। मानसिक रूपमा अस्वस्थ रहेका माईला ८ घण्टा तारमा झुण्डिदा नेपाल विद्युत् प्राधिकरणलाई करिव एक करोड बढीको घाटा भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले विद्युत् अवरुद्ध हुँदा एक करोड बढीको घाटा भएको बताए ।
यो पनि,
हाइटेन्सन प्रसारण लाइनको नाङ्गो तारमा झुण्डिदा पनि ‘माइला’ सुरक्षित !