News

प्रचण्डलाई रामचन्द्रको मुखभरीको जवाफ

प्रचण्डलाई रामचन्द्रको मुखभरीको जवाफ

कांग्रेसलाई एमाले जस्तै ठेगान लगाउने धम्की दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई वरिष्ठ नेता रामचन्द्र पौडेलले मुखभरीको जवाफ फर्काएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत दाहाललाई जवाफ फर्काएका हुन।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बनेको गठवन्धनलाई यथावत राखेर चुनाव लडेका दलहरुलाई नै दाहालले ठेगान लगाउने धम्की दिएपछि नेताहरु चिढिएका छन् । त्यसैको जवाफ दिदै पौडेलले ट्वीटरमा लेखेका छन्–‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं !’ उनले यो ट्वीट प्रचण्डलाई पनि मेन्सन गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबारै आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा कांग्रेसमा दम्भ बढेको बताएर ठेगान लगाउने चेतावनी धम्की दिएका थिए । उनले भनेका थिए– ‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार ग¥यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्। कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’

यो पनि,

छोरी जिताएपछि कांग्रेसलाई प्रचण्डको धम्कीः एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्

विशेष