News

ओलीपछि बालेन्द्रको देउवासँग भेट

ओलीपछि बालेन्द्रको देउवासँग भेट

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको फोटो वाहिरिएको भोली पल्टै काठमाण्डौंका मेयर बालेन्द्र साह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

भेटमा प्रधानमन्त्री र बालेन्द्रका बीचमा महानगरको विकासका विषयमा छलफल भएको जनाईएको छ। प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बाचा गरेको प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले बताए ।

‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ’ देउवाले भनेको कुरालाई उधृत गर्दै परिवारले भने–‘फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ।’

जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । 

यो पनि,
बालेन्द्र लुसुक्क किन पुगे ओली निवास बालकोट ? (फोटोसहित)

विशेष