पेट्रोलको मुल्य वढेर आयो, के गर्ला नेपाल सरकार ?
![पेट्रोलको मुल्य वढेर आयो, के गर्ला नेपाल सरकार ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/hnalfa_65/2020/02/petrol.jpg)
सरकारले इन्धनमा आकाश छुने मुल्यवृद्धि गरेका वेला भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीले सर्वसाधारणमा त्रास थपिएको छ। पटक पटकको मुल्यवृद्धिले आजित भएका नागरिक नयाँ सुचिमा अझै मुल्य वढेर आएपछि त्रसित वनेका हुन।
आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा र मट्टितेल प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य भने घटेको छ।
डिजेल प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।
नयाँ मूल्य सूची अनुसार पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा र डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा छ। १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड नोक्सानी पर्ने जनाईएको छ।