News

होटलको छतबाट खसेर युवकको मृत्युः हत्या होकी दुर्घटना ?

होटलको छतबाट खसेर युवकको मृत्युः हत्या होकी दुर्घटना ?

रुपन्देहीको भैरहवास्थित ‘होटेल सि प्रिन्स’ को छतबाट खसेर एक युवकको मृत्यु भएको छ। कोटिहिमाई गाउँपालिका ५ का २४ वर्षीय अमित यादवको शनिबार बिहान मृत्यु भएको हो।

साथीसहित होटलमा वस्न गएका युवक कुन तलाबाट खसे भन्ने खुलेको छैन। तर, उनी छतबाटै खसेको अनुमान गरिएको छ।

प्रहरीका अनुसार होटेल मालिकले केही पैसा पनि हराएको जनाएका छन्। त्यसैले उनी पैसा चोरी गरेर भाग्ने क्रममा छतबाटै खसेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेलले घटनाबारे अनुसन्धान भईरहेको जनाएका छन् । 
 

विशेष