News विदेश अर्थ

फेरी वढ्यो अमेरिकी डलरको भाउ

फेरी वढ्यो अमेरिकी डलरको भाउ

अमेरिकी डलरको भाउ (विनिमय दर) बढेर नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार र शनिवार एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ पुगेको हो । यो हालसम्मको उच्च विनिमय दर हो। 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर १ सय २४.७३ रुपैयाँ र बुधबार १ सय २४.६८ रुपैयाँ तोकिएको थियो । जेठ ६ मा अमेरिकी डलरको भाउ १ सय २४.६७ रुपैयाँ पुगेको थियो ।

गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो ।

राष्ट्र वैकका अनुसार ४ वर्षमा अमेरिकी डलरको भाउ करिब २३ रुपैयाँ बढेको छ । विश्वबजारमा अमेरिकी डलरको माग वढेपछि भाउ पनि बढेको हो। पछिल्ला केही महिनायता विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो ।

त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरू बताउँछन् । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।

त्यसैले भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।


पा“च दिन अघि (जुन ६ तारिख) अमेरिकी डरलको विनिमय दर हालसम्मकै उच्च भारु ७८.०६ पुगेको थियो । शुक्रबारदेखि त्यो रेकर्ड पनि तोडेर डलरको भाउ उकालो लागि रहेको छ । 
 

विशेष