News

वडाध्यक्ष तह लगाउने बालेन्द्र तोडः पारिवारिक भेटघाट, सम्वन्ध विस्तार

वडाध्यक्ष तह लगाउने बालेन्द्र तोडः पारिवारिक भेटघाट, सम्वन्ध विस्तार

काठमाण्डौं महानगरको पहिलो कार्यपालिका वैठकमा वडाध्यक्षहरुले देखाएको ब्यवहारका कारण अवका ५ वर्ष महानगरका कृयाकलाप सहज रुपमा अघि वढ्लान भनेर कमैले सोचेका छन् । विशेषगरी १६ नं वडाका अध्यक्ष मुकुन्द रिजालले मेयर बालेन साहलाई असहयोग गर्ने छाँटकाँट देखाएको धेरैले लख काटेका छन् ।

पहिलो वैठकमै उनले मेयर बालेन्द्र साह र प्रमुख प्रशासकिय अधिकृत लोकनाथ पौडलसँग चर्काचर्की गरेर विमती राखे। त्यसपछि उनी आलोचनाको तारो पनि भएका छन् । वहुमत संख्यामा रहेका कांग्रेसका वडाध्यक्षले स्वतन्त्र निर्वाचित मेयर साहलाई सफल हुन नदिने रणनीति अख्तियार गरेको पहिलो वैठकबाट धेरैले अनुमान लगाएका छन् ।

तर, मेयर साहले भने यसको पनि तोड झिकेका छन् । वडाध्यक्षसँग सिँगौरी खेलेर असफल हुनुभन्दा उनीहरुसँग समन्वय गरेर अघि वढ्ने रणनीतिमा साथ साहको सकृयता देखिएको छ। महानगरको काम कारबाहीलाई सहज बनाउन उनले वडा अध्यक्षहरूसँग छलफल थालेका छन् ।

यही रणनीति अन्तर्गत उनी शनिवार रिजालको निवास बालाजुमै पुगेका छन् । कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै त्यहाँ पुगेका उनले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । साहले रिजालको कार्यशैलीको प्रशंसा गर्दै निरन्तर सहयोगको अपेक्षा राखेको पनि वताए ।

लन्च सहितको सो भेटघाट करिव दुई घन्टाको थियो। रिजालले पनि फोहोर व्यवस्थापनमा देखाएको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफु सदैव तयार रहेको वताए । पार्टीभन्दा माथि उठेर आफुले सहयोग गर्ने उनको भनाई थियो।

महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाउँदा उनी सामाजिक सञ्जालमा आलोचनाको पात्र भएका थिए। 
 

बालेन्द्र साह

विशेष