News

गठबन्धनले धेरै फाईदा गरेन, बरु एक्लै भएका ठाउँमा राम्रो भयोः खनाल

गठबन्धनले धेरै फाईदा गरेन, बरु एक्लै भएका ठाउँमा राम्रो भयोः खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सत्ता गठबन्धनले नेकपा एकिकृत समाजवादीलाई ठीक ढंगले सम्मान गर्न नसकेको बताएका छन् । वर्तमान सरकार र गठवन्धन बनाउन नेकपा एकिकृत समाजावादीका नेताकार्यकर्ताले गरेको योगदानको कदर नभएको उनको भनाई छ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर–१५ का समाजवादी उम्मेदवारलाई निर्वाचित गराउन योगदान गर्ने मतदातालाई धन्यवाद ब्यक्त गर्न शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको ठिक ढंगले मुल्यांकन नभएको र सम्मान नपाएको बताए ।

निर्वाचनमा गठबन्धनले हाम्रो पार्टीलाई सहयोग नगरेकै कारण धेरै फाइदा लिन नसकिएको खनालले वताए । बरु एक्लै चुनाव लडेका ठाउँमा राम्रो नतिजा आएको उनको भनाई छ। काठमाण्डौं १५ मा पनि तालमेल गर्दा सवै पद गुमाउनुपर्ने अवस्था आएपछि एक्लै चूनाव लड्ने निर्णय भएको बताएका उनले त्यो निर्णयले सफलता हात लागेको बताए ।

विशेष