News

भारतले रोकेपछि नेपाली उद्योगीले चिनी लुकाए, किलोमै २० रुपैयाँ महंगियो

भारतले रोकेपछि नेपाली उद्योगीले चिनी लुकाए, किलोमै २० रुपैयाँ महंगियो

बजारमा चिनीको अभाव देखिएसँगै मुल्यमा पनि भारी वृद्धि भएको छ। उत्पादकले चिनी लुकाउँदा पनि सरकारी निकाय मौन बस्दा सीमित व्यापारीहरुले किलोमै २० रुपैयाँसम्म मुल्यवृद्धि गरी विक्रिवितरण थालेका छन् ।

बजारमा चिनीको अभाव देखिएसँगै मुल्यमा पनि भारी वृद्धि भएको छ। उत्पादकले चिनी लुकाउँदा पनि सरकारी निकाय मौन बस्दा सीमित व्यापारीहरुले किलोमै २० रुपैयाँसम्म मुल्यवृद्धि गरी विक्रिवितरण थालेका छन् ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघको विवरण अनुसार ०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, अहिले चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको पाईएको छ।

आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो संघले जनाएको छ।

भारतले निर्यात रोक लगाएपछि नेपाली उद्योगीले चिनी बिक्री रोकेको एक होलसेल व्यापारीले बताए । अहिले होलसेल मूल्य नै ९५ देखि एक सय रुपैयाँसम्म पुगेको छ, तर पनि चिनी पाइएको छैन् ।

नेपाल चिनी उद्योग संघले भने चिनी ८१ रुपैयाँ किलोमा बिक्री भइरहेको दाबी गरेको छ । संघ अन्तर्गतका उद्योगबाट उत्पादीत ४० टन चिनी अहिले आफूहरुसँग मौज्दात रहेको पनि उनले बताए ।

खुद्रा बजार मूल्यमा हस्तक्षेप गर्ने सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने भर्खरै चिनी खरिदको प्रक्रिया थालेको जनाएको छ । एक सय टन चिनी खरिदका लागि केही दिनमै प्रक्रिया थाल्ने गरी काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले जानकारी दिए ।
 

विशेष