News

सडकमै भल बग्ने समस्या हटाउन बालेन्द्रको आईडियाः हरेक घरमा सोक पिट

सडकमै भल बग्ने समस्या हटाउन बालेन्द्रको आईडियाः हरेक घरमा सोक पिट


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सडकमै भल बग्ने समस्याको समाधानका लागि हरेक घरमा सोक पिट र हरेक वडामा रिभर्स बोरिङ राख्ने प्रस्ताव गरेका छन् । महानगरको दोस्रो कार्यपालिका बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन।

मेयर साहले कम्तिमा पाँच फिटको सोक पिट हरेक घरमा राख्न प्रस्ताव गरेका हुन। सोक पिट भएर ग्राउण्ड वाटर रिचार्ज गर्न सकियो भने र हरेक वडामा रिभर्स बोरिङ राख्न सकियो भने पानी सडकमा आउने समस्या नरहने र पानी रिचार्ज पनि हुने उनले बताए ।

उनले त्रिपुरेश्वर, टेकु लगायतका क्षेत्रमा ढल ठूला राखिने र ढल सफा गर्न जेट मेसिन प्रयोग गरिने बताए । यी काम एकै वर्षमा गर्न सकिने मेयर साहको भनाइ छ । उनले महानगरका कामलाई सडक विभाग, खानेपानी, विद्युत प्राधिकरण लगायतसँग सहकार्य गरेर अगाडि वढाउने पनि वताए ।

के हो सोक पिट ?
सोक पिट भनेको एउटा खाडल हो। जसमा फोहोर पानी जम्मा गर्ने गरिन्छ। त्यो पानि वरपरको माटोले सोसेर राख्छ। यसले पानी आपूर्तिमा ब्याक्टेरियाको प्रदुषणको सम्भावनालाई पनि कम गर्छ। यस्तो सोक पिट पिउने पानीको स्रोत जस्तै इनार वा ट्युवेलबाट कम्तिमा १८ मिटर र विशेष गरी ३० मिटर टाढा राख्नुपर्छ।

हरेक घरमा सोक पिट राख्ने हो भने त्यसले धेरै पानी घरघरमै नियन्त्रण हुने र डकमा भल वग्ने सम्भावना कम हुने बालेन्द्रको वुझाई छ।
 

विशेष