News

गाँजालाई वैधानिक बनाउन एमाले सांसदको यस्तो तर्क, एड्सका विरामी अनसन वस्ने तयारी

गाँजालाई वैधानिक बनाउन एमाले सांसदको यस्तो तर्क, एड्सका विरामी अनसन वस्ने तयारी

नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले गाँजालाई वैधानिक वनाएर अगाडि वढे दुई वर्ष भित्र राष्ट्रको वैदेशिक ऋण तिर्न सकिने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्वमन्त्रीसमेत रहेका तामाङले गाँजाबारे यस्तो दाबी गरेका हुन् ।

एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि गाँजा भएको दाबी गरेका उनले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि गाँजा उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गरे। 

‘२ सय लिटरका ४ ड्रम सीभीडी यदि निकाल्ने हो भने यो मुलुकको सम्पूर्ण पूर्वाधार त्यसैलाई बेचेर निर्माण गर्न सकिन्छ,’ उनले भने, ‘त्यतिमात्रै होइन आज हामीलाई लागेको ऋण कमसेकम एकदुई वर्षमा नै तिर्न सक्ने अवस्थामा पुग्छौं ।’

नेपालमा गाँजाबाट बनेको औषधि नपाएर एड्स लागेका व्यक्तिहरू आमरण अनशन बस्न लागेको पनि तामाङको बताए । गाँजाबाट बन्ने सीभीडी, सीभीडीबाट बन्ने औषधिबाट प्राणघातक रोगहरूको उपचार गर्न सकिने र यो कुरा विश्वले प्रमाणित गरेको उनको भनाई छ।

उनले तत्कालका लागि गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनुपर्ने र त्यसपछि औद्योगिक प्रयोजनका लागि पनि बहस हुनुपर्ने बताए ।

शेरबहादुर तामाङ गाँजा

विशेष