News

पूर्वडीआईजी खरेल काठमाण्डौ १ बाट चुनाव लड्ने, किन रोजे प्रकाशमानको क्षेत्र

पूर्वडीआईजी खरेल काठमाण्डौ १ बाट चुनाव लड्ने, किन रोजे प्रकाशमानको क्षेत्र

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । यो क्षेत्र नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले ०७४ सालको संघीय निर्वाचनमा चुनाव जितेको क्षेत्र हो।

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले सामाजिक सञ्जालमार्फत नेपाल सुशासन पार्टीले ‘देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको यस अभियानमा सबैको साथ, सहयोग र माया रहिरहनेछ भन्दै अपेक्षा गरिएको’ जनाएको छ ।

यसअघि खरेलले काठमाडौं महानगरपालिकाको मेयरमा पनि उम्मेदवारी दिने चर्चा चलेको थियो। तर, अन्तिम समयमा उनले उम्मेदवारी दिएनन्। मेयर भन्दा सांसदमा उठ्नु ठीक भन्ने धेरैले राय दिएपछि आफुले मेयरको दावी छोडेको उनले वताए ।

खरेलले यसअघि पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने तयारी गरेको समाचारहरू आएका थिए । यसअघि सामाजिक अभियान्ता पुकार बमले क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेको छ । 
 

विशेष