News मनोरञ्जन

‘कबड्डी ४’ फेरी विवादमा, काठमाडौं प्रशासनमा दर्ता भयो उजुरी

‘कबड्डी ४’ फेरी विवादमा, काठमाडौं प्रशासनमा दर्ता भयो उजुरी

नायिक मिरुना मगरका कारण पहिलो पटक विवादमा परेको नेपाली चलचित्र ‘कबड्डी ४’ फेरी विवादमा परेको छ। पछिल्लो पटक ‘कबड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै काठमाडौं प्रशासनमा उजुरी परेको छ।

रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएका हुन। ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाउँन माग गरिएको छ।

सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको उजुरीमा फिल्मको प्रदर्शन रोक्न समेत माग गरिएको छ।

यसअघि आफुमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै नायिका मगरले एक तामाङ थरका वौद्ध भिक्षुलाई चड्कन हानेकी थिईन भने उनी विरुद्ध प्रहरीमा उजुरी समेत दिएकी थिईन। उनको चर्को विरोध भएको थियो भने फिल्म विरुद्ध पनि प्रदर्शन भएको थियो। फिल्मको पोष्टर आगो लगाईएको थियो।

पछि दुवै पक्षले माफि माग्दै मिलापत्र गरेपछि भिक्षु रिहा भएका थिए । रामबाबु गुरुङ निर्देशित फिल्मले प्रदर्शनको १६ दिनसम्म २० करोड रुपैयाँ बढी ग्रस कमाइ गरेको छ । 

कबड्डी ४

विशेष