महिनामै ४ लाख पारिश्रमिक पाउने गरी १० हजार जनशक्ति बेलायत पठाउने तयारी
![महिनामै ४ लाख पारिश्रमिक पाउने गरी १० हजार जनशक्ति बेलायत पठाउने तयारी](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/krishnakumar.jpg)
सरकारले महिनाकै ४ लाख पारिश्रमिक पाउने गरी १० हजार नर्स वेलायत पठाउन तयारी थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले सोमवार प्रतिनिधि सभामा यस्तो जानकारी दिएका हुन।
बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागिएको वताए ।
बेलायतसहित जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा पनि श्रमिक पठाउन छलफल र पहल भईरहेको उनको भनाई थियो । सांसदहरुले भने रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने, स्वरोजगार र विदेशमा गएकाहरुको सुरक्षा गर्नुपर्ने, वैदेशिक रोजगारी घटाउने योजना हुनुपर्ने लगायतका सुझाव दिएका छन् ।