News

अन्तर्राष्ट्रिय सम्बन्ध समितिम रावलको मागः प्रधानमन्त्रीलाई पत्र काटौं

रावलको आरोपः नेपाल अमेरिकाको सैनिक गठवन्धनमा सामेल हुन लाग्यो

अन्तर्राष्ट्रिय सम्बन्ध समितिम रावलको मागः प्रधानमन्त्रीलाई पत्र काटौं

नेकपा एमालेका नेता भीम रावल सोमवारको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वैठकमा पनि एमसीसी र अमिरिकी सैन्य रणनीतिको विरोधमा देखिएका छन् । बैठकमा बोल्दै उनले नेपाल अमेरिकाको सैनिक गठबन्धनमा सामेल हुन खोजेको आरोप लगाए । 

निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गरको भन्दै उनले ‘अहिले नसक्ने किन ?’ भन्दै प्रश्न गरे। अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको भन्दै रावले त्यो एकदमै गलत भएको वताए ।

आर्थिक सहयोगका नाममा कसैले पनि कुनै पनि देशलाई सामरिक रुपमा धकेल्न नहुने बताएका रावलले यसबारे सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनको धारणा थियो। प्रधानमन्त्रीको शेरबहादुर देउवाको आसन्न अमेरिकी भ्रमणका बारेमा पनि छलफल गर्न प्रधानमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाउन उनले माग गरे ।

सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भनेको विषयलाई उल्लेख गर्दै उनले पत्र लेखेरै प्रधानमन्त्रीलाई छलफलमा बोलाउन माग गरे। यसअघि जेठ २६ गते प्रतिनिधि सभाको वैठकमा बोल्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले पनि प्रधान सेनापति र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका विषयमा आशंका ब्यक्त गरेका थिए ।

उनले भ्रमणहरुको उद्देश्य र एजेण्डाबारे संसदलाई जानकारी गराउन माग गरेका थिए । बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा सांसद पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र त्यसैका लागि प्रधानमन्त्री र प्रधानमन्त्रीको दौडधुप चलिरहेको आशंका ब्यक्त गरेका थिए।

उक्त सम्झौतामार्फत नेपाल अमेरिकासँग सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको भन्दै उनले ‘नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ?’ भन्दै प्रश्न गरेका थिए ।

परराष्ट्रमन्त्री नै अनुपस्थित
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का भने उपस्थित भएनन्। परराष्ट्र नीति बारेको सोमवारको छलफलमा समितिले मन्त्री खड्कालाई बोलाए पनि आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै अनुपस्थित हुने जनाएका थिए।

समितिकी सभापति पबित्रा निरौला खरेलले अमेरिकी जर्नेलको नेपाल भ्रमणबारे सरकारले हालसम्म जानकारी नदिएको तथा कतिपय भ्रमणबारे परराष्ट्रकै अधिकारी जानकार नभएको पाइएको बताईन। 

भीम रावल अन्तर्राष्ट्रिय सम्बन्ध समिति

विशेष