News राजनीति

एमालेको स्थायी कमिटी वैठक वस्दै, भुसाललाई के होला कारवाही ?

एमालेको स्थायी कमिटी वैठक वस्दै, भुसाललाई के होला कारवाही ?

नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे वस्दैछ। नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो।

आइतबार केन्द्रीय कार्यालयको बैठक बसेर सचिवालय बैठकको एजेण्डा तय गरेको छ। आजको वैठकको मुख्य एजेण्डा वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्नु हो। यस वाहेक नेता भुसाललाई कारवाही गर्ने नगर्ने भन्ने विषयले पनि वैठकमा प्रवेश पाउन सक्ने कतिपय नेताहरु वताउँछन्।

तर, आईतवारको वैठकमा भने भुसालको कारबाहीको विषय एजेण्डा नै नबनेको जनाईएको छ। यो विषय सचिवालयमा प्रवेश गरेपनि ठुलो कारवाही नगरी नसिहतका लागि स्पष्टीकरणसम्म सोध्न सक्ने एक नेताले वताए । तर, अर्काथरी नेताहरु भने यो विषय गम्भिर रुपमा अगाडि वढ्ने तर्क गर्छन।

भुसालमाथि अध्यक्ष केपी शर्मा ओलीले नै कारबाही गर्न चाहेकाले यो विषय सजिलै नसेलाउने उनीहरु वताउँछन् । अध्यक्ष ओलीसहित एमालेको १९ जनाको स्थायी कमिटि छ। भुसाललाई कारवाही गर्न बहुमत सदस्य अर्थात कम्तिमा १० जना सदस्यले सहमति जनाउनु पर्ने छ।

पार्टी केन्द्रीय अनुशासन आयोगले उनीमाथि कारबाही गर्न सचिवालयलाई पत्र काटिसकेकाले आजेको वैठकमा त्यो विषय छलफल हुने जनाईएको छ। अनुशासन आयोगले पत्र काटिसकेपछि केही न केही छलफल हुने नेताहरु वताउँछन् ।

एमाले नेता भुसालले एक टेलिभिजन कार्यक्रममा दिएको अन्तवार्ताको अभिव्यक्तिलाई लिएर अनुशासन आयोगले कारबाहीका लागि केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको थियो। उनले स्थानीय तह निर्वाचनमा अध्यक्ष ओलीका कारण पराजय भोग्नु परेको भन्दै नैतिक्ताका आधारमा राजिनामा दिनुपर्ने माग गरेका थिए ।

यसैगरी ओली र उनको नीति असफल भएको पनि उनले आरोप लगाएका थिए ।

यो पनि,

घनश्याम भुसाल केपी शर्मा ओली

विशेष