News

एमाले अध्यक्ष ओली र नारायणकाजीबीच २ घण्टा गोप्य बार्ता

एमाले अध्यक्ष ओली र नारायणकाजीबीच २ घण्टा गोप्य बार्ता

माओवादी केन्द्रभित्र फरक धारको नेतृत्व गरिरहेका र अमेरिकी परियोजना एमसीसीको चर्को विरोध गरिरहेका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विच आईतवार दुई घण्टा लामो बार्ता भएको छ। 

दुवै पार्टीका संगठनात्मक संयन्त्र र अधिकांश नेताहरुलाई जानकारी समेत नदिई गरिएको यो भेटबार्ता गोप्य राख्न खोजिएको थियो। तर, उनीहरुको भेटघाटका विषयमा गाईगुई कुरा वाहिर आएपछि नेता श्रेष्ठले ओलीसँग भेटघाट भएको स्विकारेका छन् ।

देशको राजनीतिक परिस्थिति र भूराजनीतिको बारेमा अध्यक्ष ओलीसँग छलफल भएको उनले वताए । मुलुकको प्रमुख राजनीतिक पार्टीका नेतासँग भेटघाट हुनु स्वाभाविक भएको वताएका उनले देशको परिस्थिति, नेपालको राजनीतिक स्थिति लगायतका कुरामा छलफल भएको प्रष्ट पारे।

तर, नेता श्रेष्ठ सरकार र सत्ता गठवन्धनको अमेरिका प्रतिको मोह र चीन विरुद्ध नेपालको भुमि प्रयोग भईरहेकोमा चिन्तित छन् । उनले केही दिन अघि राष्ट्रिय सभामा वजेटमाथिको छलफलमा भाग लिदै एमसीसी अन्तर्गतका विषयमा वजेटमा समेटिएको विषयमा पनि आपत्ति जनाएका थिए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठ नेपालको परराष्ट्र नीतिविपरीत सरकारले चीनविरोधीहरूलाई चलखेल गर्न दिएको तथा बीआरईका सन्दर्भ प्रधानमन्त्रीले व्यक्त गरेका अभिव्यक्ति र एमसीसीको कथित व्याख्यात्मक घोषणाका नाममा त्यसलाई पारित गरेपछि बढिरहेका अमेरिकी गतिबिधिहरूप्रति चिन्ता व्यक्त गरिरहेका छन् ।

मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेकोमा एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठ दुवै चिन्तित छन्। बालकोट वैठकमा यो विषयमा पनि छलफल भएको निकट स्रोतले जनाएको छ।

नेपाल अमेरिकी सैन्य रणनीतिको अंग बन्न लागेको आशंका वढिरहेको छ, अमेरिकी मन्त्री आउँदा तिब्बतीयनहरुको भेटले अर्को आशंका वढाई रहेको छ। अमेरिकी अधिकारीहरु र सैन्य प्रमुखहरुको  तारन्तार भ्रमण भईरहेको छ भने नेपालका प्रधान सेनापति र प्रधानमन्त्रीको पनि अमेरिका भ्रमण हुन लागेको कुराले चौतर्फी आशंकाहरु उत्पन्न भईरहेका छन् ।

बीआरआईको सन्दर्भमा प्रधानमन्त्रीले बोलेका कतिपय कुराले पनि सरकारले कोल्टे कुटनीति लिएको भन्दै गम्भीर आशंकाहरु उत्पन्न भईरहेका छन् । यसैविचमा चीनका रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकाले अपहरणको शैलीमा एसिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लगाएका छन् । वासिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भडकाउन खाजेको आरोप आरोप चीनको छ।

यसै सन्दर्भमा ओली र श्रेष्ठबीच भएको यो भेटबार्ता अर्थ पुर्ण रहेको कतिपय नेताहरुले टिप्पणी गरेका छन् ।
 

नारायणकाजी श्रेष्ठ केपी शर्मा ओली

विशेष