News

एमालेको आरोपः अर्थमन्त्रीले राष्ट्रघात गरे, नैतिकताको आधारमा राजिनामा दिनुपर्छ

एमालेको आरोपः अर्थमन्त्रीले राष्ट्रघात गरे, नैतिकताको आधारमा राजिनामा दिनुपर्छ

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा एमालेले संसदीय छानविनको माग गरेको छ। सो प्रकरणको छानविन गर्न संसदिय समिति गठनको माग गर्दै एमाले मंगलबार प्रतिनिधिसभा बैठक समेत अवरोध गरेको छ।

एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ‘यो गम्भीर विषय सदनमा प्रवेश भइसकेपछि, सारा जनताले थाहा पाइसकेपछि, मिडियामा आइसकेपछि खास खास घरानाका मान्छेले प्रश्रय दिने गरी करको दरमा हेरफेर भइसकेपछि यो सदन मुकदर्शक भएर बस्न सक्दैन’ भन्दै समिति गठनको माग गरे।

जेठ १४ गते राति अर्थ मन्त्रालयमा अर्थमन्त्रीको प्रतिनिधि बनेर अनधिकृत व्यक्ति प्रवेश गरेको र विभिन्न व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरेको उनले वताए ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गर्नु राष्ट्रघात र ठूलो वित्तीय अपराध भएको बताउँदै उनले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

विशेष