News

भाउजु मन्त्री वलीको काण्डैकाण्डः चुम्वन काण्डपछि थप्पड काण्ड (चुम्वन काण्डसहित)

भाउजु मन्त्री वलीको काण्डैकाण्डः चुम्वन काण्डपछि थप्पड काण्ड (चुम्वन काण्डसहित)

वाईसीएल कार्यकर्ता एकराज बस्नेतसँगको ‘अप्राकृति तस्बिर’ का कारण केही समयअघि चर्चामा आएकी भाउजु मन्त्री विमला खत्री वली फेरी विवादमा तानिएकी छिन् । उनै एकराजकी श्रीमती र छोरीलाई कुटपिट र दुर्ब्यवहार गरेका कारण उनी विवादमा परेकी हुन। 

लुम्बिनी प्रदेशमा राज्यमन्त्री विरुद्ध नै उजुरी परेको छ। स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वली विरुद्ध इलाका प्रहरी कार्यालय तुलसरी पुरमा ‘अभद्र व्यवहार’मा उजुरी परेको हो । उजरी दर्ता भएको छैन।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी २७ वर्षीया मिना भण्डारी बस्नेतले वली विरुद्ध उजुरी दिएकी हुन। वलीले मंगलबार बिहान श्रीमान् एकराज बस्नेत नभएको मौका पारेर घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई थप्पड हानेको, दराजमा भएका कपडा निकाले च्यातचुत पारेको र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन। 

अर्काको घरमा पसेर खत्रीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने ईलाका प्रहरी कार्यालय तुलसीपुरले वलीलाई नियन्त्रणमा लिएको थियो। वली अहिले जिल्ला प्रहरी कार्यालय घोराहीमा छिन्।

खत्रीलाई जिल्ला प्रहरीमा राखेर घटनाबारे अनुसन्धान भईरहेको एसपी सुरेश काफ्लेले बताए । ईलाका प्रहरी कार्यालय तुलसीपुरका उनी विरुद्ध परेको जाहेरी पनि उतै पठाउने तयारी भईरहेको प्रहरी श्रोतले जनाएको छ।

वली विहानै वस्नेतको घरको गेट ढकढकाउन पुगेकी थिइन् । गेट खोलेपछि खत्री सिधै घरभित्र प्रवेश गरी ‘मेरो एकराज खोई ?’ भन्दै तोडफोड गर्न थालेको जाहेरीमा उल्लेख छ । एकराज ४ दिनअघि घरबाट निस्केको र हाल सम्पर्कमा नरहेको मिनाले बताएकी छन् ।

एकराज र वलीका विचमा खत्रीबीच सम्बन्ध रहेको विषय गत भदौमा नै सार्वजनिक भएको थियो । श्रीमान दुर्घटनामा निधन भईसकेकी वली सिउँदोमा सिन्दुर लगाएर एकराजसँग वसेको फोटो फेसबुकमार्फत सार्वजनिक भएको थियो। तर, उनीहरुरुले सम्बन्ध अस्वीकार गरेका थिए । 

वली दाङ ३ ख बाट एमालेबाट निर्वाचित सांसद् उत्तरकुमार वलीकी श्रीमती हुन। कार दुर्घटनामा उत्तरकुमारको निधन भएपछि ०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा नेकपाबाट उनी प्रदेश सांसद् निर्वाचित भएकी हुन् ।

यो पनि

विमला खत्री वली

विशेष