News

घनश्याम भूसाललाई कारवाही गर्ने सिफारिस आयोगको पूर्ण बैठकबाट अनुमोदन

घनश्याम भूसाललाई कारवाही गर्ने सिफारिस आयोगको पूर्ण बैठकबाट अनुमोदन

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन भएको छ। मंगलबार बसेको आयोगको पूर्ण बैठकले भूसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन गरेको हो ।

भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।
 
जेठ १८ मा अध्यक्ष केशव बडालले अनुशासन आयोगको सचिवालय बैठक राखेर भूसाललाई कारवाही गर्न सिफारिस गरेका थिए । तर एमालेको केन्द्रीय कार्यालय समिति र सचिवालयको वैठकमा यो विषय उठेको थिए।

मंगलबार बसेको आयोगको पूर्ण बैठकले भने भूसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको हो।

भूसालले एक टेलिभजनलाई अन्तर्वार्ता दिदै पार्टीको हारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनु पर्ने र नैतिकताको आधारमा राजिनामा दिनुपर्ने आसयमा अभिब्यक्ति दिएका थिए । उनले ओलीको नेतृत्व र उनले प्रयोग गरेको नीति असफल भएको दावी गरेका थिए ।
 

विशेष