News

थोत्रा विमान नियन्त्रण गर्ने योजनाः जहाज किन्ने हद म्याद ५ वर्ष घटाईयो

थोत्रा विमान नियन्त्रण गर्ने योजनाः जहाज किन्ने हद म्याद ५ वर्ष घटाईयो

नेपालमा विमान दुर्घट्नाको दर वढेपछि सरकारले पुराना विमान खरिद गर्न पाउने हद म्याद घटाउने भएको छ। यस अघि तोकिएको अवधीमा अव ५ वर्ष घटाएर मात्रै त्यस्ता विमान खरिद गर्न पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले घोषणा गरेका छन्।

अव सुगममा उड्ने प्रेसराइज जहाज १० वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज १५ वर्षसम्म पुराना भएमात्र किन्न पाईने छ। यसअघि सुगममा उड्ने जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने जहाज २० वर्ष पुराना भए किन्न पाउने ब्यवस्था थियो।

संसदमा पुराना जहाज किन्ने र त्यसले दुर्घटना हुने गरेको भन्दै प्रश्न उठेपछि त्यसको जवाफ दिने क्रममा मन्त्री आलेले यस्तो जानकारी दिएका हुन। नियमनकारी निकाय, जहाज निर्माता कम्पनीले निर्धारण गरेको अन्तर्राष्ट्रिय मापदण्ड भित्र रहेर जहाजका पार्टपूर्जा निश्चित अवधि भित्रै परिवर्तन गर्ने भएकाले जहाज निश्चित समयमा मात्र पुरानो हुने पनि उनले जानकारी गराएका थिए।

जेठ १५ गते तारा एयरको ९एन एईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित २२ जनाले ज्यान गुमाएका थिए । विमान दुर्घटनामा मौसमलाई जिम्मेवार मानिदै आएपछि उक्त जहाज ४३ वर्ष पुरानो भएको पाईएको थियो।

तारा, यती र वुद्ध एयरका विमानहरु दुर्घटनामा पर्ने क्रम वढेको छ। कहिले चक्का ननिस्केर गन्तब्यमा नपुगी फर्कने, कहिले उड्दा उड्दै धुवाँ देखिने र अधिकांश विमान थोत्रा ट्रक जस्तो आवाज आउने तथा झ्याल ढोका हल्लीएर यात्रुहरु त्रासपुर्ण अवस्थामा यात्रा गर्नु पर्ने गुनासो वढिरहेको छ।

यही विषयमा प्रतिनिधि सभाको वैठकमा सांसदहरुले प्रश्न उठाएपछि मन्त्री आलेले पुराना विमानमा नियन्त्रण गर्ने घोषणा गरेका हुन ।

यो पनि

तारा एयर थोत्रा विमान पुराना विमान

विशेष