News

अर्काको पतिमाथि दावी गर्ने मन्त्रीमाथि छानविन गर्न कार्यदल गठन, मन्त्री अस्पतालको क्याविनमा

अर्काको पतिमाथि दावी गर्ने मन्त्रीमाथि छानविन गर्न कार्यदल गठन, मन्त्री अस्पतालको क्याविनमा

अर्कोको पतिलाई आफनो दावी गर्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छानबिन हुने भएको छ। लुम्बिनी प्रदेश सरकारले उनीमाथि छानविन गर्न कार्यदल गठन गरेको छ ।

बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्रीमाथि छानविन गर्न कार्यदल वनाएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय कार्यदल वनाईएको छ।

समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् । मन्त्री ओलीले प्रेमी एकराज वस्नेतका पत्नि र छोरीलाई कुटपिट तथा दुर्ब्यवहार गरेकी थिईन।

उनी विरुद्ध प्रहरीमा जाहेर परेको छ तर दर्ता भएको छैन। मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशन तथा तिव्र दवावमा उनलाई बुटवल लगिएको छ । प्रहरी स्रोतका अनुसार मुख्यमन्त्री केसीले बजेट पास गर्न विमलाको आवश्यक भएकाले बुटवल पठाइदिन भन्दै सिडिओलाई चर्को दबाब दिएका थिए ।

दाङबाट बुटवलमा पुर्याएपछि वेहोस भएको भन्दै उनलाई अस्पतालको क्याविनमा राखिएको छ। 

यो पनि,

'भाउजु मन्त्री' फिल्मी शैलीमा अस्पताल भर्ना, नाटक गरेको आरोप
 

विमला खत्री वली

विशेष