News राजनीति

बाबुआमाको राजनीतिक डोबमा मानुषीको पाईलाः काठमाण्डौंबाट चुनाव लड्ने

बाबुआमाको राजनीतिक डोबमा मानुषीको पाईलाः काठमाण्डौंबाट चुनाव लड्ने

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन। जनयुद्धमा पुष्पकमल दाहालका सहयोद्धा भट्टराई पार्टी शान्तिपुर्ण राजनीतिमा आएपछि अर्थमन्त्री र प्रधानमन्त्री समेत भए । उनी नेपालका ३५ औ प्रधानमन्त्री हुन्।

उनकी श्रीमती हिसिला यमी पनि माओवादीमा छँदा शक्तिशाली नेतृ हुन। काठमाडौंबाट चुनाव जितेर मन्त्री पनि भईन। नेपालको राजनीतिमा उनीहरुको योगदान अतुलनीय छ। बावुराम त नेपालका सफल अर्थमन्त्री मध्ये एक हुन।

अर्थमन्त्री हुँदा उनले जति काम गरे, उती नै नाम पनि कमाए । त्यसैले जनताले उनलाई प्रधानमन्त्रीकै रुपमा हेर्न चाहे। संयोगले उनी प्रधानमन्त्री पनि भए । तर, अर्थमन्त्री हुँदा उनले जनतामा जुन आशा जगाए प्रधानमन्त्री हुँदा त्यो आशामा पानी खन्याय। प्रधानमन्त्रीमा उनी सफल हुन सकेनन्, जनता निरास भए।

भट्टराई राजनीतिमा पनि स्थिर भएर रहन सकेनन्। माओवादीबाट विद्रोह गरेर नयाँ शक्ति पार्टी खोले। उपेन्द्र यादव र अशोक राईसँग पार्टी एकता गरेर अहिले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष छन् । तर, त्यहाँ पनि उनको मिल्ती देखिएको छैन। अध्यक्ष उपेन्द्रसँग उनको काटोछिनो छ। यादवले एकलौटी निर्णय गर्न थालेको भन्दै मन्त्री परिषद हेरेफेरमा ध्यान दिन प्रधानमन्त्रीलाई नै गुहार्नु पर्ने अवस्थामा पुगे भट्टराई।

माओवादी शान्तिपुर्ण राजनीतिमा आएदेखि हेर्ने हो भने बावुराम र हिसिला दुवैको राजनीतिक पुँजीमा ह्रार आईरहेको छ। उनीहरु सफलताबाट असफलतातर्फ उन्मुख भईरहेको राजनीतिक विश्लेषकहरु वताउँछन्। त्यसैले अव उनीहरु छोरीलाई राजनीतिमा अगाडि वढाउन चाहान्छन् ।

उसो त अधिकांश राजनीतिक दलका शिर्ष नेतामा आफ्नालाई काखी च्याप्ने परम्परा छ। माओवादी केन्द्रका अध्यक्ष दाहालले छोरी रेणु दाहाल र वुहारी बिना मगरलाई अगाडि वढाएका छन् । कांग्रेसका प्रमाशमान सिंहले आफु राजनीतिमा विक्न छोडेपछि श्रीमती सिर्जना श्रेष्ठलाई राजनीतिमा ल्याए। तर, उनी पनि सफल हुन सकिनन् । काठमाण्डौं महानगरपालिकाको मेयरमा उनी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहसँग पराजित भईन।

यद्यपी पछिल्लो स्थानीय तह निर्वाचनले के देखायो भने, अवको चुनाव स्वतन्त्र र युवा उम्मेदवारको पक्षमा जाने छ। मतदाताको झुकाव स्वतन्त्र र युवा उम्मेदवारप्रति देखिएपछि अव बाबुराम र हिसिलाको ध्यान पनि छोरीमा टिकेको विश्लेषण हुन थालेको छ। 

मानुषी यमि भट्टराई आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौंबाट उठ्ने तयारीमा छिन् । तर, क्षेत्र निर्धारण भईसकेको छैन। उनी जसपाको केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सचिवसमेत हुन। उनले काठमाण्डौं क्षेत्र नम्बर ५ वा ७ मध्ये एकबाट उठ्ने बताएकी छिन् ।

काठमाडौं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको क्षेत्र हो। ०७४ सालको निर्वाचनमा काठमाण्डौं ५ मा कांग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए । यो क्षेत्र विवेकशील साझा पार्टीका उम्मेदवार उज्वल थापाले निर्वाचन लडेको क्षेत्र पनि हो। त्यहाँ रन्जु दर्शनाले चुनाव लड्ने घोषणा गरिसकेकी छिन् ।

यसैगरी, काठमाडौं ७ उनकी आमा हिसिला यमिको क्षेत्र हो। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा हिसिला यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी एमालेका रामवीर मानन्धरसँग हारिन। 

मानुषी यीनै दुई मध्ये एक क्षेत्रकाट लड्ने तयारीमा छिन् । उनीसँग स्वतन्त्र उम्मेदवार भन्ने विकल्प त छैन तर, वुढाखाडाको परम्परा तोडेर राजनीतिमा आएको दावी गर्ने मौका भने बाँकी नै छ। उनी स्वतन्त्रबाट मात्रै नभई दलहरूले पनि सक्षम र इमान्दार व्यक्तिलाई प्रतिस्पर्धामा उतार्नुपर्ने बताउँछिन् । परम्परागत तरिकाले उठाइने उम्मेदवार ‘रिजेक्ट’ हुने उनले वताउँन थालेकी छिन् ।
 

मानुषी यमि

विशेष