News

एसपीपी सम्झौतामा आफनै पार्टीका महामन्त्री विपक्षमा उभिएपछि समस्यामा देउवा

एसपीपी सम्झौतामा आफनै पार्टीका महामन्त्री विपक्षमा उभिएपछि समस्यामा देउवा

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाकै महामन्त्रीले उनीसँग जवाफ मागेका छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारेमा प्रधानमन्त्रीको जवाफ मागेका हुन।

‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो’ उनले भने–‘तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’ कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने उनले दावी गरे। यदि त्यसो भए त्यो संविधान विपरित हुने उनको दावी छ।

‘प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हुुनुहुन्छ । नेपाल एसपीपीजस्तो सामरिक स्वार्थ भएको कार्यक्रममा सहभागी हुनु हुँदैन’ थापाले भने–‘आजै अहिले नै यो बैठकमा आएर प्रधानमन्त्रीले आफैंले यस्तो किसिमको सम्झौता उहाँकै भाषामा ‘गर्दैन गर्दैन गर्दैन’ भनेर भन्नुपर्छ।’

प्रधानमन्त्रीले संसदमा आएर एसपीपी सम्झौता हुँदैन र गर्दैनौं भन्नुपर्ने थापाले जिद्दि गरेका छन् ।
 

विशेष