News

'भाउजु मन्त्री' फिल्मी शैलीमा अस्पताल भर्ना, नाटक गरेको आरोप

'भाउजु मन्त्री' फिल्मी शैलीमा अस्पताल भर्ना, नाटक गरेको आरोप

वलिवडमा अधिकांश भिलेन राजनीतिक पहुँच, पैसा र ट्यापे मुन्द्रेको वलमा कानुनलाई आफनो हातमा लिएर सर्वसाधारणलाई दुःख दिन्छन्। विषेशगरी हिरो–हिरोईनका कारण कहिलेकाँही उनीहरु कानुनको दायरा पुग्छन् तर नेताहरुको दवावका कारण भिलेनलाई विरामीको वहाना वनाएर अस्पताल भर्ना गरिन्छ।

खास गरी उनीहरुले कानुनबाट वच्न अस्पताललाई सहारा वनाउँछन् । नेपाली राजनीतिमा पनि फिल्मको यो फण्डा प्रयोग हुन थालेका छन् । प्रेमीको घरमा पसेर उनका श्रीमती र छोरीलाई कुटपिट गरेपछि विवादमा तनिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली फिल्मी शैलीमा अस्पताल भर्ना भएकी छिन् ।

उनलाई बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। हिजो राति दाङबाट बुटवलमा पुर्याएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार उनलाई बेहोस अवस्थामा अस्पताल पुर्याईएको हो। उनलाई प्रेसर र सुगरको मात्रा बढी देखिएको जनाईएको छ। तर, वेहोस अवस्थामा पुगेको भनिएकी मन्त्रीलाई स्लाईन लिएर अस्पतालको क्याविनमा राखिएको छ।

नेकपा एमालेका स्थानीय नेता÷कार्यकर्ताले भने वलीले नाटक गरेको आरोप लगाएका छन् । वेहोस अवस्थामा अस्पताल भर्ना गरिएको विरामीलाई औषधी नचलाएर स्लाईनको भरमा क्याविनमा राख्नु नै त्यो नाटक मात्रै हो भन्ने पुष्टि हुने उनीहरुको भनाई छ। यसरी कानुनी कारवाहीबाट वच्न अस्पतालको सहारा लिने वली पहिलो ब्यक्ति भने होईन्। नेपाली राजनीतिमा यस्ता थुप्रै घट्ना भएका छन् ।

वलीले हिजो बिहान दाङस्थित प्रेमी एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मिना भण्डारी वस्नेत र छोरी एञ्जिलामाथि कुटपिट तथा लुगाफाटा च्यातेर फालिदिएकी थिईन। ‘मेरो एकराज खै ?’ भन्दै घरभित्र पसेकी उनले रौद्र रुप देखाएपछि स्थानीयले दिएको सुचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो।

जिल्ला प्रशासन कार्यालयमा सिडिओ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गर्दा उनले वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गरेकी थिईन। 

मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशन तथा तिव्र दवावमा उनलाई बुटवल लगिएको हो । प्रहरी स्रोतका अनुसार मुख्यमन्त्री केसीले बजेट पास गर्न विमलाको आवश्यक भएकाले बुटवल पठाइदिन भन्दै सिडिओलाई चर्को दबाब दिएका थिए ।

सोही कारण एकराजकी श्रीमतीले दिएको जाहेरी समेत दाङ प्रहरी दर्ता गरेको छैन। 
 

विमला खत्री वली

विशेष