News

डुङ्गा पल्टिदा रानीमहल घुम्न गएका ६ जना पर्यटक वेपत्ता

डुङ्गा पल्टिदा रानीमहल घुम्न गएका ६ जना पर्यटक वेपत्ता

पाल्पामा -याफ्टिङ गर्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका सिडिओ जगन्नाथ पन्तले जानकारी दिए । -याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको जनाईएको छ।

कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई उद्धार गरे पनि बाँकी ६ जना कालीगण्डकी नदीमा बेपत्ता भएको सिडिओ पन्तले वताए ।

उनीहरुको खोजीका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। 
 

विशेष