News

टायरमा समस्या देखिएपछि बुद्धको विमान भद्रपुरमा अवतरण हुन सकेन

टायरमा समस्या देखिएपछि बुद्धको विमान भद्रपुरमा अवतरण हुन सकेन

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण नगरी आकाशबाटै फिर्ता भएको छ। टायरमा समस्या देखिएपछि भद्रपुर अवतरण नगरी विमान साझै काठमाडौं फर्किएको हो ।

भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाजको टायरमा समस्या देखिएपछि आकाशबाटै फर्किएको हो नागरिक उड्डयन कार्यालयले जनाएको छ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। 
 

विशेष