News

ओलीको आरोप– अर्थमन्त्रीले कमिशन खाएर ब्यापारीका प्रतिनिधिमार्फत वजेट वनाए

ओलीको आरोप– अर्थमन्त्रीले कमिशन खाएर ब्यापारीका प्रतिनिधिमार्फत वजेट वनाए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले ब्यापारीबाट कमिशन खाएर बजेट वनाएको आरोप लगाएका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले कमिशन खाएर व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाए।

मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेर बनाइएको उनको आरोप छ।

‘यहाँ त बनाउँदै गर्दा व्यापारीका प्रतिनिधि राखेर, बनाउन भन्दा अघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत होला देशको ?’ उनले भने ।

बजेट संसद्मा प्रस्तुत गर्नुभन्दा पहिला मन्त्रिपरिषद्मा ब्रिफिङ गरिने र त्यहाँ पनि करका दर नभई बजेटको समग्र ब्रिफिङ गरिने प्रचलन रहेको ओलीको भनाइ थियो । त्यहाँ रहेका मन्त्रीले करका दर र बजेटबारे सूचना चुहाउलान् भनेर प्रधानमन्त्रीसँगै संसद् जाने प्रचलन रहेको उनले बताए ।

‘यो गोप्य छ, कतै खुल्दैन भनेर संसद्मा मात्रै बजेटको ब्रिफकेस खोलिन्छ है भनेर त्यसरी रिबनले बाँधेर, गोप्य बनाएर लगेर अर्थमन्त्रीले प्रस्तुत गर्नुहुन्छ भनेपछि रोष्ट्रममा गएर मात्रै खोलिन्छ’ उनले थपे–‘ यहाँ त बनाउँदै गर्दा व्यापारिका प्रतिनिधि राखेर बनाइन्छ । बनाउनु पहिला कमिसन खाएर बनाइन्छ भने के हालत भयो देशको ।’

राज्यमा यस्तो अवस्था रहेको बेला जितेर आएको भन्दै ओलीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिएका थिए । ओलीले स्थानीय तह चुनावमा एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम नै लड्नु परेको बताए। महासंग्राम जितेर आएको भन्दै जनप्रतिनिधिलाई बधाई दिए । चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको उनले बताए ।
 

विशेष