News

मेयरले पत्रकारलाई दुर्ब्यवहार गरे कि पत्रकारले मेयरसँग निहुँ खोजे ?

मेयरले पत्रकारलाई दुर्ब्यवहार गरे कि पत्रकारले मेयरसँग निहुँ खोजे ?

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिमालय टेलिभिजनका पत्रकारलाई दुर्ब्यवहार गरेको विषय अहिले चर्चामा छ। विभिन्न मिडियाले पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अभिष्ट लामालाई साहले दुर्ब्यवहार गरेको र धम्की दिएको समाचारहरु प्रकाशित गरेका छन् ।

तर, अहिलेसम्मका समाचारले घट्नाको पूर्ण जानकारी वाहिर ल्याएको छैन। पत्रकारले समाचार संकलनका लागि टेकुस्थित फोहर संकलन केन्द्रमा पुगेका बेला आफुहरुलाई दुर्ब्यवहार गरिएको वताएका छन्। सार्वजनिक भएको भिडियोबाट पनि ‘यसै भएको हो’ भनेर भनिहाल्न सक्ने अवस्था छैन। त्यसैले त्यहाँ भएका सिलसिलेवार घट्नाक्रम के थिए भन्ने अहिलेसम्म पनि कौतुहलताकै विषय छ।

यसैविच, नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेर उक्त घट्नाप्रति ध्यानाकर्षण भएको जनायो। जसले उक्त विषयमा सर्वसाधारणको ध्यान अझै खिचेको छ। उनीहरुको त्यहाँको यथार्थ जानकारीको प्रतिक्षामा छन् । तर, घट्नाका आरोपित मेयर बालेन्द्र साह भने चुपचाप छन् । उनले समाचार र विज्ञप्तिका विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

वरु बालेन्द्रलाई मेयरमा जिताउन मद्धत गरेका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले भने यो घट्नालाई शंकाको घेराभित्र पारिदिएका छन् । उनले ‘अनलाईन खवर र हिमालय टेलिभिजनका मालिक एकै रहेछन’ भन्दै उक्त घट्ना बालेन्द्रप्रतिको षडयन्त्र हुन सक्ने आशंका उत्पन्न गराएका छन् ।

‘अनलाईन खबर र हिमालय टिभीको मालिक उही रहेछ। पत्रकार महासंघको मालिक पनि कतै उही त हैन?’ भन्दै उनले पत्रकार महासंघले जारी गरेको विज्ञप्ति प्रति कटाक्ष गरेका छन् । उनको यो कटाक्षले महासंघको विज्ञप्ति यथार्थ धरातलमा आधारित छैन भन्नेमा केन्द्रित छ। उनको स्ट्याटस स्थानीय तह निर्वाचनपुर्व बालेन्द्र साहको विषयमा समाचार सामग्री छापेकै कारणले अनलाईन खवरले लाखौ फलोअर्स गुमाउनु परेको घट्नाको वदला लिन हिमालय टेलिभिजन प्रयोग भएको प्रति लक्षित छ। तर, यो कुरा उनले संकेत मात्रै गरेका छन्, शब्दमा ब्यक्त गरिएको छैन। उनको यो स्ट्याटसले पत्रकार महासंघ पनि विवादमा तानिएको छ।

उसो त उपाध्यायको सोही स्ट्याटसमा अन्य कतिपयले पनि महासंघको आलोचना गरेका छन् । उनीहरुले पत्रकार महासंघ वास्तविक पत्रकारको पक्षमा नभई नेता पत्रकारहरुको पक्षमा रहेको जनाईएको छ। पालिका अपडेट डटकमका सम्पादक हरिप्रसाद भुसाल लेख्छन–‘ म आफु विगत डेढ दशकदेखी पत्रकारीतामा क्रियाशिल छु । मेरो आजसम्मको अनुभव अनि विज्ञताले पत्रकार महासंघ पत्रकारहरुको छाता संस्था हो भन्दैन । मेरो बुझाईमा पत्रकार महासंघ पत्रकारहरुले होइन पत्रकारीता पनि गर्ने नेताहरुले नेतृत्व गर्ने ठूला राजनीतिक दलहरुको साझा संस्था हो ।’

बालेन्द्र र हिमालय टेलिभिजनका पत्रकार बीचको विवादको बास्तविक्ता त वाहिर आउँदै जानेछ। तर, भुसालको भनाईले अहिले जवरजस्त समर्थन पाएको छ। उनको कमेन्टमा ६ सय वढि फेसवुक प्रयोगकर्ताले लाईक गरेका छन् । उनको भनाई सत्यतामा आधारित पनि छ। केही समय अघि नेपाल पत्रकार महासंघले आफना नेता पत्रकारको वचाउमा नेपाल आज डटकम विरुद्ध पनि विज्ञप्ति जारी गरेको थियो।

वरिष्ठ पत्रकार किशोर नेपालले एउटा टेलिभिजन च्यानललाई दिएको अन्तरवार्ताका आधारमा नेपाल आजले वैशाख ३ गते ‘वरिष्ठ पत्रकारको खुलासाः बालेन साह राजावादी पार्टीका मान्छे हुन’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो।

पत्रकार नेपालले बालेन साहका विषयमा दिएको अन्तर्वार्ताको भिडियो अहिले पनि उक्त टेलिभिजनको युट्युव च्यानलमा छ। अन्तर्वार्तापछि बालेन्द्र साहका समर्थकले पत्रकार नेपालको तिव्र आलोचना गरेपछि त्यसको आक्रोश भने नेपाल पत्रकार महासंघले नेपाल आजसँग पोखेको थियो। 

समाचार प्रकाशित भएको भोलिपल्टै नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यले प्रेस विज्ञप्ति जारी गरेर नेपाल आजको समाचारमा आपत्ति जनाएका थिए । उक्त विज्ञप्तिमा ‘नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले आफूले बोल्दै नबोलेको कुरालाई नेपाल आज प्रालिबाट सञ्चालित न्युज पोर्टल ‘नेपाल आज डककम’ले समाचार बनाएको भन्दै महासंघमा जानकारी गराउनु भएको छ’ भन्दै नेपाल आजलाई सचेत गराईएको छ। विज्ञप्तिमा महासंघको आचारसंहिता अनुगमन समितिले अनुगमन गरेको पनि उल्लेख छ। तर, अनुगमनको विषयमा थप कुराहरु उल्लेख गरिएको छैन।

महासंघको विज्ञप्तिमा आफनै पूर्वसभापतिले वोलेको कुरालाई ‘बोल्दै नवोलेको’ भन्दै पुष्टि गर्न खेजिएको थियो।

यो पनि,

बालेन्द्र साह किशोर नेपाल हिमालय टेलिभिजन

विशेष