News राजनीति

अर्थमन्त्री स्विकार नगर्ने भन्दै एमालेले गर्यो संसद वहिस्कार

अर्थमन्त्री स्विकार नगर्ने भन्दै एमालेले गर्यो संसद वहिस्कार

अर्थमन्त्रीलाई स्विकार नगर्ने भन्दै प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रि शर्माले जवाफ दिन लागेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम बहिष्कार गर्ने तर अन्य प्रक्रियामा भने सहभागी हुने बताए ।

राजश्वका दर निर्धारण गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लगाउँदै एमालेले अर्थमन्त्रीलाई स्वीकार नगर्ने बताएको हो। 

अर्थमन्त्रीले राजीनामा दिने आशा गरेपनि त्यसो नभएको, त्यसदिनको सीसीटीभी फुटेज खोजी गर्न सभामुखलाई आग्रह गर्दा पनि वेवास्ता गरिएको र छानबिन समिति गठन नभएको भट्टराईले वताए । सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय मर्यादा कायम गर्न नसकेको आरोप पनि उनले लगाए ।

‘यो शिर्षकको सदनलाई बहिष्कार गर्न चाहन्छौं । यसपछिका पूर्ववत गतिविधिमा एमाले सामेल हुने कुरा जानकारी गराउन चाहन्छु’– भट्टराईले भने।

विशेष