News

१ अर्व २ करोडको लागुऔषधसहित ७ अफ्रिकन महिला पक्राउ

१ अर्व २ करोडको लागुऔषधसहित ७ अफ्रिकन महिला पक्राउ

दुवईबाट काठमाडौं ल्याइएको ५० किलो भन्दा वढि सेतो हेरोईनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध कारोबार विरुद्ध प्रहरीले पाएको यो हालसम्मकै ठूलो सफलता हो।

लागू औषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बताए । उनका अनुसार पक्राउ गरिएको लागु औषध १ अर्ब २ करोड मूल्य बराबरको छ।

४९ किलो सेतो र २ किलो खैरो हेरोईन रहेको उनले वताए । पक्राउ पर्ने सवै दक्षिण अफ्रिकन महिलाहरु छन् । 

चार दिन लामो अपरेशन चलाएर यो सफलता हात लागेको एसपी श्रेष्ठले वताए । 
 

विशेष