News

प्रधानमन्त्री देउवा चढेको हेलिकप्टरको इन्धन बाटोमै सकिएपछि...

प्रधानमन्त्री देउवा चढेको हेलिकप्टरको इन्धन बाटोमै सकिएपछि...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाण्डौंबाट धनगढी हिडेका प्रधानमन्त्री शेरबहादुर देउवा चढेको हेलिकप्टरको बाटैमा इन्धन सकिएको छ। 

इन्धन सकिएपछि नेपाली सेनाको उक्त हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए ।

उक्त हेलिकप्टर इन्धन भर्नका लागि भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थल श्रोतले जनाएको छ। इन्धन भरुन्जेल करिब २० मिनेट प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।

विशेष