News

एसपीपीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधान सेनापतिले के भने ?

एसपीपीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधान सेनापतिले के भने ?

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई एसपीपीबारे शुक्रबार जवाफ दिएका छन् । उनले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारे।

नेपाली सेनाले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जवाफ दिईसकेको पनि उनले जानकारी दिए । भनिसकेको जानकारी पनि उनले दिए । 

नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र अमेरिका पठाइएको विषय पनि उनले स्वीकार गरे। तर सो पत्र सैन्य गठबन्धनका लागि नलेखिएको उनको जिकिर छ। ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो’ उनले भने–‘चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’

उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध गर्दै भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको दावी गरे। ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई पनि भनेको छु । थप आशंका नगरौं यसलाई यहीँ नै निराकरण गरौं’– उनले भने।

विशेष