News खेल

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो

मलेसियाको बांगीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभलमा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत शुक्रबार नेपालले भुटानलाई ५० रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाएकी थिइन् ।

कप्तान रुबिना क्षेत्रीले २१ रन बनाइन भने इन्दु बर्माले २० रन । अन्य ब्याट्सवुमेनले भने दोहोरो अंक पार गर्न सकेनन्। 

भुटानका लागि सोनामले सर्वाधिक ४ विकेट लिइन् भने ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएकी थिइन् । त्यस्तै अन्जु गुरुङ र टासी चेकीले १÷१ विकेट लिए ।

९५ रनको लक्ष्य पाएको भुटान १७.५ ओभर खेल्दै ४४ रन बनाएर अलआउट भयो। भुटानका खेलाडि छिरिङ जाङ्मोले २८ बलमा १६ रन बनाईन। छिरिङ बाहेक भुटानका लागि कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सबनम राईले सर्वाधिक ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले ६ रन मात्र खर्चिएकी थिइन् । कविता कुँवर र सीता राना मगरले २÷२ विकेट तथा अस्मिना कर्मचार्य र इन्दु बर्माले १÷१ विकेट लिए ।

नेपाली टिमले अब १८ जुनमा कुवेत र २० जुनमा बहराइनसँग खेल्नेछ। प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एसिया कपका लागि छनोट हुनेछन् ।
 

विशेष