News

बामदेवको दावीः एसपीपी ओलीकै पालामा अगाडि वढेको हो

बामदेवको दावीः एसपीपी ओलीकै पालामा अगाडि वढेको हो

राष्ट्रियसभाका सदस्य वामदेव गौतमले अमेरिकाको स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगाडि वढाएको खुलासा गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै तत्कालीन प्रधानमन्त्री ओली नै एसपीपी अगाडि बढाएको ठोकुवा गरे।

तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएपछि गौतमले त्यो वेलामा यस्तो काम अघि नवढेको बताए । कोईराला प्रधानमन्त्री हुँदा गौतम सरकारका उपपधानमन्त्री थिए । आफुले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएको समयमा नै एसपीपी अघि बढेको पाएको उनले वताए ।

‘एसपीपी सम्झौताका विषय उठेपछि सुशील कोइरालाले हो भनियो। त्यसो भनेपछि म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको हो, म छैन भनेर म भन्दिनँ’ उनले भने–‘सरकारमा सामेल भएपछि प्रधानमन्त्रीले गरेको काम र विचारसँग सहमत हुनुपर्दछ भन्दै त्यसो भएर नै आफूमाथि पनि आरोप लाग्न सक्छ भनेर त्यसबारे खोजी नीति गरे।’

आफुमाथि पनि आरोप लाग्नसक्छ भनेर खोजी नीति गर्दा एउटा पत्र पाएको र त्यो पत्रले केपी ओलीकै पालामा त्यसको सुरुवात भएको स्पस्ट पारिदिएको उनले वताए । ‘यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू सहभागी हुनुहुन्छ, सदनलाई साँचो कुरा बताउनुपर्दछ’– गौतमको भनाइ छ ।  

नेता गौतमले एसपीपीबारे प्रश्न उठिसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई जवाफ दिनुपर्ने बताए । ‘उहाँले संसदमा फेस गर्नुपथ्र्यो, संसदलाई भन्नुपथ्र्यो’ उनले भने–‘मेरो अनुरोध छ, नेपाली काँग्रेसका नेताहरु, माननीय सदस्य जो यहाँ हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीले भिन्न सन्दर्भ भएपनि यसबारे संसदमा बताउन सक्नुपर्छ ।’


यति महत्वपूर्ण विषयलाई देउवाले गुमराहमा राखेर सम्झौता गर्न लागेको रहेछ भन्दै उनले आलोचना पनि गरे। 
 

बामदेव गौतम

विशेष