रेशम चौधरीलाई भेट्न किन गए बाबुराम भट्टराई डिल्लीवजार कारागार ?
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले डिल्लीबजार कारागारमै पुगेर रेशम चौधरीलाई भेटेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् चौधरीकी श्रीमती रन्जिता श्रेष्ठलाई लिएर भट्टराई कारागार पुगेका थिए।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई चौधरीलाई भेटन शनिबार बिहानै कारागार पुगेको जनाईएको छ। भट्टराई र चौधरीले विच करिव ४५ मिनेट कुराकानी भएको जनाईएको छ। यस विचमा उनीहरुले कफी मगाएर पनि खाए।
भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताएका थिए । चौधरीले भने उक्त घटनामा कतै संलग्न नरहेको बताउँदै राज्यबाट निर्दोष थारुहरुमाथि ज्यादती भएको बताए।
२०७२ साल भदौ ७ गते टिकापुर घटनामा एसएसपीसहित ८ प्रहरी र १ नाबालकको ज्यान गएको थियो । उक्त घटनामा जिल्ला अदालत र उच्च अदालतले रेशम चौधरीलाई दोषी ठहर गरेको छ । जेलभित्र रहेका रेशम चौधरीलाई भेट्न शुक्रवार जनमत पार्टीका अध्यक्ष सिके राउत पनि पुगेका थिए ।