News

दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई किन दिए सुनको लौरो उपहार ?

दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई किन दिए सुनको लौरो उपहार ?

दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्। 

श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत काठमाण्डौंबाट चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका हुन्।

तीन दिने नेपाल भ्रमणका लागि आएका राजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको स्रोतले बताएको छ। राजकुमारले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको उद्घाटन गर्ने कार्यक्रम छ।

उनी दुर्गा प्रसाईकै निमन्त्रणामा नेपाल आएको जनाईएको छ। राजकुमारले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको जनाईएको छ।
 

दुर्गा प्रसाई दुबईका राजकुमार

विशेष