News राजनीति

एमाले गठवन्धन फुटाउने प्रयासमा लागेको नेता सिंहको आरोप

एमाले गठवन्धन फुटाउने प्रयासमा लागेको नेता सिंहको आरोप

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा एमाले गठवन्धन फुटाउने प्रयासमा लागि वताएका छन् । 

काभ्रेको बनेपामा शनिबार आयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले स्थानीय तह निर्वाचनको परिणाम पछि एमाले झस्किएर गठबन्धन फुटाउने प्रयासमा लागेको वताए ।

एमालेले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषय उठाएर गठवन्धनमा खेल्न खोजेको उनको आरोप छ। हुँदै नभएको विषय उचालेर विपक्षीबाट कांग्रेसमाथि प्रहार भइरहेको सिंहको भनाइ थियो। 

एसपीपीको नाउँमा गठबन्धन फुटाउन सकिन्छ कि भनेर एमालेले प्रयास गरिरहेको उनको दाबी छ। ‘कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता गर्दैन। प्रधानमन्त्रीले पटक–पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिनँ भनिरहँदा पनि ‘हैन यो सम्झौता भएकै छ’ भन्नु र नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गर्नुले विपक्षी दल आफैँ फसिसकेको छ,’ सिंहले भने–‘आफू सत्तामा हुँदा पत्र लेखेको विपक्षी दलले अहिले अरुलाई आक्षेप लगाउँछ।’ 
 

प्रकाशमान सिंह

विशेष