News

दाङमा सुस्तमनस्थितीकी युवतीमाथि सामुहिक बलात्कार

दाङमा सुस्तमनस्थितीकी युवतीमाथि सामुहिक बलात्कार

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बस्ने एक सुस्तमनस्थितीकी युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको घट्ना सार्वजनिक भएको छ। 

तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा बिहीबार राति ति युवतीमाथि बलात्कार भएको हो। 

घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पीडित  युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबारमात्र घटनाको बारेमा जानकारी पाएको थियो ।

पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 
 

विशेष