News

माओवादी विद्यार्थीको वैठकमा कुटाकुट, हितमानलाई कालोमोसो लाउन खोजेपछि तनाव

माओवादी विद्यार्थीको वैठकमा कुटाकुट, हितमानलाई कालोमोसो लाउन खोजेपछि तनाव

माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ । तीनकुनेस्थित रोयल व्यांक्वेटमा तेस्रो केन्द्रीय समितिको बैठक बस्नुअघि आईतवार कुटाकट भएको हो। 

वैठक अघि नै पदाधिकारी चयनमा असन्तुष्ट विद्यार्थीहरुले हलमा नाराबाजी गर्न थालेपछि तनाव सुरु भएको थियो। नाराजुलुसमा उपाध्यक्ष पवन कार्कीको समूह संलग्न थियो। केन्द्रीय समितिलाई पूर्णता दिँदा आफ्नो पक्षलाई बेवास्ता गरिएको भन्दै उनीहरु नारावाजीमा उत्रिएका थिए । 

फ्याक्सन इन्चार्ज हितमान शाक्यको राजीनामा माग गर्दै नाराबाजी भएको थियो । शाक्यलाई कालोमोसो दल्न खोजेपछि स्थिती तनावग्रस्त भएको थियो। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरेर बैठक स्थल खाली गराएको थियो। अध्यक्ष पन्चा सिंहले बैठकमा कार्की पक्षले होहल्ला गरेपछि बाहिर निकाल्न प्रहरीको सहायता लिएको बताइन् ।

प्रहरीले विद्यार्थीहरुलाई निकाल्ने क्रममा कार्की पक्ष र अन्य नेताहरुबीच हात हालाहाल भएको प्रत्यक्षदर्शीहरुले वताए ।
 

अखिल क्रान्तिकारी

विशेष