News

विद्यासुन्दरले भत्काउन खोजेको बागदरबार बालेन्द्रले ‘रेट्रोफिट’ गर्ने

विद्यासुन्दरले भत्काउन खोजेको बागदरबार बालेन्द्रले ‘रेट्रोफिट’ गर्ने

काठमाण्डौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले भत्काउन खोजेको संरचना नवनिर्वाचित मेयर बालेन्द्र साहले प्रवलिकरण (रेट्रोफिट) गर्ने भएका छन् । मेयर साहले आईतवार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा हरिभवन (बागदरबार)को प्रवलीकरण गर्ने जनाईएको छ।

यसअघिका मेयर विद्यासुन्दर शाक्यले बागदरबार भत्काउने निर्णय गरेका थिए । शाक्यले रेट्रोफिट योजना खारेज गरेर भवन भत्काउन ठेक्का लगाई नयाँ भवनको नक्सा–डिजाइन समेत सार्वजनिक गरेको थियो । त्यसविरुद्व पुरातत्व विभाग र सम्पदा संरक्षण अभियान्ता अदालत पुगे। पुरानो बागदरबार भत्काएर नयाँ हरिभवन खडा गर्ने महानगरको योजना अदालतको आदेशका कारण रोकिएको थियो ।

०७२ सालको महाभूकम्पपछि क्षतिग्रस्त बागदरबार भत्काउने सुरसार भएकोमा पुरातत्व विभागले अनुमति नदिएपछि ‘रेट्रोफिट’ को लागि ठेक्का लगाइएको थियो । टेकुमा रहेको महानगरपालिकाको खाली जग्गामा नयाँ कार्यालय भवन बनाउने प्रक्रिया पनि थालिएको थियो ।

त्यहीबेला स्थानीय तहको निर्वाचनबाट शाक्य मेयर भएर महानगरमा प्रवेश गरेपछि बागदरबारको ऐतिहासिकता माथि नै प्रश्न उठाउँदै तत्काल भत्काउने योजना ल्याएका थिए । अदालतले महानगरसँग बागरदबार भोगचलनको मात्र अधिकार भएको, स्वामित्व नरहेकाले भत्काउन नसक्ने फैसला गरेको थियो।

पुरुषोत्तम शमशेर राणाको पुस्तक ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु’का अनुसार अमरसिंह थापाले बनाएको सानो दरबारको ठाउँमा छोरा भिमसेनले भव्य दरबार बनाएका थिए । १२० रोपनी जग्गामा ठूलो बागदरबार बनाएका भीमसेनले धरहरा पनि बनाएको राणाले उल्लेख गरेका छन् । 
 

बालेन्द्र साह बागदरबार

विशेष