News

किन अराजक बन्दैछन् मन्त्री आले ?

किन अराजक बन्दैछन् मन्त्री आले ?

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लिल शब्दको प्रयोग गरी गालीगलौज गरेको र हातपातसमेत गरेको वुझिने अडियो सामाजिक सञ्जालभरी छताछुल्ल छ।

तर, उनलाई नत यस विषयमा पश्चाताप, नत डर, नत लाज नै छ। यो घट्नापछि वरु उनी अझै अराजक वन्दै गएको अनुभव हुन थालेको छ। मन्त्रीको पदमा वसेर यति विघ्न उदण्ड हुँदासमेत उनलाई लगाम लगाउने सरकार र उनको पार्टी नेकपा एकिकृत समाजवादीले एक शब्द पनि नबोलेपछि उनी थप अराजक वन्दै गएको पाईएको छ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल त उनको विषयमा बोल्न नै डराएका छन् । आइतबार सम्पादक तथा पत्रकारहरुसँग भएको छलफलमा पनि उनले यसबारे टिप्पणी गर्न चाहेनन् । ‘मान्छेका बारे सोध्दा जवाफ दिन गाह्रो हुन्छ। यति मात्र भन्छु, कुनै पनि कुरा बोल्दा विचार पु¥याएर बोल्नुपर्छ ।’ – उनले भने।

उनको यही भनाईलाई आधार वनाएर कतिपय अनलाईन मिडियाले समाचार पनि वनाए । आलेले गर्वका साथ तिनै समाचारलाई ट्वीटरमा सेयर गर्दै आव ‘मुक्का हान्छु’ भन्दै उल्टै धम्की दिएका छन् । उनले लेखेका छन्–‘हस बरु मुक्का हान्ने अब। म मा मु भन्ने शब्द नै उच्चारण गर्दीन।’

उनको यो अभिब्यक्तिले उनी थप अराजक वन्दै गएको देखाएको कतिपयले वताएका छन् । उनले लेखाईले उनको मातहतमा काम गर्ने कर्मचारी र उनको सम्पर्कमा पुग्ने जोकोहीलाई कुट्छु भन्दै ठाडो धम्की दिएको चर्चा हुन थालेका छ।

यो पनि,

अस्लिल शब्द प्रयोग गर्ने संस्कृति मन्त्री आले विरुद्ध उजुरी
 

प्रेम आले

विशेष