News

लिङ्देन भन्छन्– तस्करले मल ल्याउन सक्ने सरकारले नसक्ने, कस्तो दूर्भाग्य ?’

लिङ्देन भन्छन्– तस्करले मल ल्याउन सक्ने सरकारले नसक्ने, कस्तो दूर्भाग्य ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शनिवार धादिङमा मल बोकेका दुई वटा ट्रक लुटिएको विषयमा सरकारको आलोचना गरेका छन् । भन्सार छली गरेर भारतबाट दुई ट्रक मल धादिङ पु¥याईएको र नागरिकले उक्त मल लुटेको दुवै प्रसंगलाई उनले दुर्भाग्यपूर्ण भनेका छन्।

‘तस्करले मल ल्याउन सक्ने, सरकारले नसक्ने । कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु पर्ने...कस्तो दूर्भाग्य ?’ उनले ट्वीटरमा लेखेका छन्–‘अनि पनि देशमा सरकार छ भनेर हामीले मानि दिनु पर्ने ?’

सरकारले समयमै ब्यवस्थापन गर्न नसक्दा देशभरका किसानहरु यतिवेला रासायनिक मलको चरम अभाव व्यहोर्न बाध्य छन्। धानबाली रोपाइँ सुरु भईसक्दा पनि सरकारले किसानलाई मल उपलब्ध गराउन सकेको छैन।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जलमार्ग र सडकमार्ग अवरुद्धका साथै बन्दरगाहमा लोड/अनलोड गर्ने र प्याकिङ गर्ने कामदार नपाइएका कारण आउनुपर्ने मल पनि निर्धारित समयमा नआउँदा किसानले चर्को अभाव व्यहोर्न परेको जनाएको छ।


समयमा पर्याप्त बजेट निकासा नहुनु र बजेट निकासा भए पनि समयमै कार्ययोजना बनाएर पारदर्शी रूपमा मल खरिद प्रणाली अघि नबढाइँदा नेपाली किसानले बर्सेनि रासायनिक मलको चर्को अभाव व्यहोर्न बाध्य छन्।  कृषि सामग्रीले जानाजान बर्सेनि मलको चर्को अभाव सिर्जना गरी मोटो कमिसनका लागि सरकारद्वारा (जीटुजी) प्रणालीअन्तर्गत भारतसँग मल खरिद गर्दै आएको छ। 


यो पनि,

मल बोकेका दुई वटा ट्रक धादिङमा स्थानीयद्वारा नियन्त्रण, मल लुटियो

विशेष