दुवईबाट कसरी झापा पुग्यो सुनको लौरो ?
दुबईका राजकुमार जुमा अल मोक्तुमले शनिवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएपछि अहिले त्यसको चौतर्फी चासो छ। राजकुमारले प्रसाईलाई दिएको लौरो सुनकै हो भने कसरी झापासम्म पुग्यो ? भन्ने विषयमा धरैले चासो ब्यक्त गरिरहेका छन् ।
सुन भन्ने वित्तिकै विमानस्थल स्थित भन्सार कार्यालय माथि प्रश्न उठेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका यस वारेमा अहिलेसम्म कुनै जानकारी छैन। लौरो कुन माद्यमबाट झापा पुग्यो भन्ने विषयमा भन्सार कार्यालय अनभिज्ञ छ।
भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले ‘उहाँ शनिबार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन’ भन्दै सुनको लौरो ल्याएकोबारे छानबिन थालेको बताए ।
भीभीआईपीले विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा पनि कडाई नहुने गरेको उनको भनाई छ।
राजकुमार जुमा अल मोक्तुम श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत काठमाण्डौंबाट चन्द्रगढी विमानस्थल अवतरण गरेका थिए। उनलाई स्वागत गर्न पुगेका प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका थिए।
यो पनि,
दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई किन दिए सुनको लौरो उपहार ?